
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीका नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव गरेका छन् ।
सोमवारको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्यहरुले अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव राखेका हुन् । पार्टी अध्यक्ष पनि महिनामा कम्तिमा तीन पटक श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव राखिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो ।
उहाँले दण्डहिनताको अन्त्य गर्नुपर्ने, काँठ अभियान चलाउनुपर्ने र विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनेबारेमा नेताहरुले आवाज उठाएको बताउनु भयो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक रहेको नेताहरुले बताएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरुले बोल्नुभयो । सबैको के छ भने स्पष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्ने छ । अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तिमा पनि महिनामा तीन पल्ट अध्यक्ष पनि जोडिनुपर्छ । दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्नेछ । काँठ अभियान, विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनुपर्छ । संसद छिटो भन्दा छिटो बोलानका लागि दबाब श्रृष्टि गर्नुपर्छ । महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएर मात्रै महाधिवेशनको कार्यतलिका तोक्नुपर्ने भन्ने अधिकांशको भनाइ छ । प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक छ भन्नेकुरा उठाउनुभएको छ । पहिचानबारे सशक्त कुरा उठेको छ । स्वायत्तताबारे पनि सशक्त कुरा उठेको छ ।’
बैठकमा नेताहरुले स्थानीय तहलाई अधिकार दिनुपर्ने कुरामा आवाज उठाउन जोड दिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच