
हेटौंडा । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थागत एसोसिएसनबीचको बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पुस १९ गते हेटौंडामा नाडाका अध्यक्ष करण चौधरीको उपस्थितिमा हेटौंडा अटोमोबाइल्स एसोसिएसन र नाडा संस्थागत एसोसिएसनका पदाधिकारी तथा सदस्यबीच बृहत् अन्तरक्रिया भएको नाडाले जनाएको छ ।
पुस २० गते हेटौंडामा सम्पन्न हेटौंडा अटोमोबाइल्स एसोसिएसनको २४औँ वार्षिक साधारणसभाका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा सहभागी सदस्यहरूले भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको एमआरपीको विषय, भन्सार मूल्यांकन समस्या, साफ्टाअन्तर्गत आएका अटोमोबाइल वस्तु, झोले व्यापारीले पुर्याएको समस्या, मधेश प्रदेशमा बिना प्यान नम्बर सञ्चालन भएका तीन हजार पसलका कारण अन्य व्यवसायीलाई परिरहेको असर, भ्याटमा दर्ता भएर राख्नुपर्ने लेखासम्बन्धी समस्या, सदस्यको हितका लागि भलाइ कोष व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटोमोबाइल व्यवसायीहरू बिमामा आबद्ध नहुँदाका समस्या र नाडाका प्रदेश एसोसिएसनहरूलाई साधारणसभाका लागि नाडाले आर्थिक स्रोतको व्यवस्था गरिदिनुपर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरूलाई कर, भन्सार र भिसिटिएससम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकाससम्बन्धी तालिम कार्यक्रम आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नाडातर्फबाट संस्थागत सदस्य कुलबहादुर क्षेत्री, केन्द्रीय सदस्य मेघराज पौडेल, केन्द्रीय आमन्त्रित सदस्यद्वय नारायणप्रसाद पौडेल र सागर सापकोटा, हेटांैडा अटोमोबाइल्स एसोसिएसनका निवर्तमान अध्यक्ष दामोदर अटल, वरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उप्रेती, सचिव सञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कँडेल, सदस्यद्वय उत्तमप्रसाद भण्डारी, सुजन उपे्रती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रीय संयोजक दिपेश खड्गी, जानकी अटोमोबाइल्स एसोसिएसनका प्रथम उपाध्यक्ष राहुल अग्रवालको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच