
भक्तपुर ।वरिष्ठ पत्रकार बलराम थापालाई "शहिद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार" प्रदान गरिएको छ।
प्रेस सेन्टर नेपाल, भक्तपुरले शहिद बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार तेस्रो अधिवेशनको अवसरमा पत्रकार थापालाई प्रदान गरिएको हो।
थापाले मूलप्रवाह मासिक पत्रिकामार्फत देश, जनता र सर्वहारा वर्गको पक्षमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको प्रेस सेन्टर भक्तपुरले जनाएको छ। यो पुरस्कारमा रु १० हजार नगद र सम्मान पत्र समावेश छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जनपक्षीय पत्रकारिताले समाज परिवर्तनमा खेलेको भूमिकालाई प्रशंसा गर्दै पुरस्कार वितरण गर्नुभयाे। उहाँले वर्तमान राजनीतिक परिस्थिति र पत्रकारिताको भूमिकाबारे धारणा राख्दै राज्यले जनपक्षीय पत्रकारितालाई थप प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनु भयाे। साथै, उहाँले वर्तमान सत्तापक्षको शत्रुतापूर्ण प्रवृत्तिले नेतन्याहुजस्तो सत्तावादी सोच जन्माउन सक्ने खतरा रहेको चेतावनी दिनुभयाे ।
कार्यक्रममा पत्रकार महासङ्घमा आबद्ध प्रेस सेन्टरका पत्रकारहरूलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो।
यसैक्रममा प्रेस सेन्टर नेपालको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले मदन ढुङ्गानाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। कार्यक्रममा निवर्तमान अध्यक्ष सञ्जीप घिमिरे ' शुभचिन्तक ' ले नयाँ नेतृत्वलाई बधाई दिएका थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच