भक्तपुर । भक्तपुर इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः नातीभाइ हृयोम्वा निर्वाचित हुनुभएको छ । संघको शुक्रबार सम्पन्न २९औँ वार्षिक साधारणसभा तथा १६औँ जिल्ला अधिवेशनबाट हृयोम्वाको नेतृत्वमा १० सदस्यीय नयाँं कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा आशाकाजी त्वानाबासु, सचिवमा आशाराम वैद्य, कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानाबासु र सहसचिवमा रत्नलाल साँंढ निर्वाचित हुनुभएको छ । सदस्यमा विष्णुसुन्दर प्रजापती, बालगोविन्द तचामो, केशव कवां, पूर्णप्रसाद गाइजू र राजेश त्वानाबासु रहनुभएको छ । अधिवेशन उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले गर्नुभएको थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले इँटाभट्टाको विषयमा चाहिनेभन्दा बढी नकारात्मक टिकाटिप्पणी हुने गरेको बताउनुभयो भने नेपाल इँटा उद्योग व्यवसायी संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अवाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैयाँ धौबञ्जा, भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद गोरा, नेपाल इँटा उद्योग व्यवसायी महासंघका महासचिव केदार गोसाई, सल्लाहकार विश्वराम कवां, बागमती प्रदेश अध्यक्ष आशाकाजी त्वानाबासुलगायतले इँटा उद्योग देशकै उद्योग भएकाले प्रवद्धर्नमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा