काठमाडौं । सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी इभिइजीको बुकिङ खुला गरिएको छ । जेएमइभी ब्राण्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र एक लाख एक हजार रुपैयाँ भुक्तानी गरेर बुकिङ गर्न सकिने सरिना जी ट्रेड प्रालिका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कम्पनीले यसबारे जानकारी दिएको हो । जेएमइभीको सेडान कार जिएसइलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लञ्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो । इभिइजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेञ्ज दिने सरिनाजी ट्रेड प्रालिका म्यानेजिङ ड्राइरेक्टर सरिना श्रेष्ठ गुरुङले जानकारी दिनुभयो ।
यसको अधिकतम टर्क २२५ एनएम तथा पावर एक सय ३४.६ पिएस छ । एसी र डिसी दुवै चार्जर सपोर्ट गर्ने यस इभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले नौ घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात् एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात् ६० हजार किलोमिटर वारेन्टी दिएको छ । यस ट्याक्सीको लम्बाई चार हजार ६७५ एमएम, चौडाइ एक हजार ८३५ एमएम र उचाई एक हजार ४८० एमएम तथा हिृवलवेश दुई हजार ७५० एमएम छ, भने ग्राउण्ड क्लिरियन्स १७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट हिृवल ड्राइभ सिष्टम उपलब्ध गराइएको छ ।
आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ । साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिष्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आइपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री-वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता विशेषता छन् । उत्पादक राष्ट्र चीनमा बर्सोदेखि व्यवसायीद्वारा रुचाईएको यो ट्याक्सी नेपालमा पहिलोपटक ल्याइएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा