काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औँ वार्षिकोत्सव तथा प्रहरी अधिकृत (प्रसनि) आधारभूत तालिम १२५औँ समूहको २१औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । शनिबार प्रतिष्ठान परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् ।
महिला १३ र पुरुष ५० गरि ६४ जना रक्तदाताले रक्तदान गरेको प्रतिष्ठानले जनाएको छ । रगत संकलनको लागि नेपाल प्रहरी अस्पताल, महाराजगञ्जबाट टोली खटिएको थियो ।
प्रतिष्ठानले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरूमार्फत् आमजनमानसलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा