
नवलपरासी । शिक्षालाई सीप र प्रविधिसँग जोड्ने आवश्यक रहेको शैक्षिक सरोकारवालाले बताएका छन् ।
निजी तथा आवासीय अर्गानाइजेसन (प्याब्सन) नवलपरासीको ३४औँ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरूले प्रविधिमैत्री शिक्षा आवश्यक रहेको धारणा राखेका हुन् ।
निजी शैक्षिक संस्थाबाट उत्पादित विद्यार्थीहरूले देशको नाम उचाइमा लगेको प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले उल्लेख गर्नुभयो । 'अहिले देश विदेशमा राम्रो जागिर खाने र विद्यालय तथा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने, आर्थिक रुपमा उन्नति र प्रगति गर्ने र आमाबुवाको इच्छा आँकाक्षा पूरा गर्ने विद्यार्थीहरू निजी शैक्षिक संस्थाबाट अध्ययन गरेको छन् । त्यसैले निजी शैक्षिक संस्थाले गौरव गर्ने सकिने धेरै आधारहरू रहेका छन् ।' अधिकारीले भन्नुभयो ।
प्याब्सन नेपालका सचिव सुवर्ण न्यौपानेले शिक्षालाई सीपसँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनु भयो ।
'राम्रो योजना तर्जुमा र योजना अनुसार कार्यक्रम र सो कार्यक्रमलाई कार्यन्वयन गर्ने गर्ने सके निजी शैक्षिक संस्थाको भविष्य राम्रो छ ।' न्यौपानेले भन्नुभयो ।
त्यस्तै अर्का सचिव यादव गिरी अहिलेका शैक्षिक समस्या समाधानका लागि उच्च स्तरबाट सम्बोधन हुनु पर्ने धारणा राख्नुभयो । शिक्षा ऎन, शुल्क निर्धारण, मानव संसाधनको समस्या, शिक्षण शैलीमा परिवर्तन गर्नुपर्ने बताउँदै अभिभावक, राजनीति दल र राज्यको धारणा परिवर्तन गराउन सक्नु पर्ने जस्ता समस्याहरू समाधान गर्नु पर्ने यादवको भनाइ छ ।
पुर्वकेन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य नवलपरासी प्याब्सन एक ढिक्का र एक मत भएर अगाडि बढ्नु पर्ने उल्लेख्य गर्नुभयो । प्याब्सन केवल निजी शैक्षिक संस्थाहरूको हक हितमा लाग्नु पर्ने हो, प्याब्सनले कहिले पनि पब्लिकेसनबाट कमिसन खाने, विद्यार्थीहरूको परीक्षाबाट शुल्क उठाउने काम गर्नु नहुने सुझाव दिनु भयो । लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, केन्द्रिय सदस्य टिकाराम न्यौपाने र प्याब्सन नवलपरासीका सल्लाहकार इन्द्रबहादुर गुरुङले बोल्दै निजी शैक्षिक संस्थाहरूमा एकमत नभएसम्म केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म एकमत हुनु पर्ने आवश्यकता औँल्याउनु भयो । पहिलो र अहिलेको परिवेश फरक रहेको उल्लेख प्याब्सनले गरेको योगदानलाई राज्यले राम्रो मुल्यांकन नगरेको बताउँदै अब एकमत भएर प्याब्सनले गरेको काम नागरीक समाज र सरोकारवालाले जानेको हुनुपर्ने धारणा राख्नु भयो ।
प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता, स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ्गको रहेको कार्यक्रमको सञ्चालन सचिव यज्ञ प्रसाद न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा संस्थामा योगदान गर्नु हुने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच