
एजेन्सी । दक्षिण कोरियाको संवैधानिक अदालतले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युन सुक–योलविरुद्धको महाभियोगको सुनुवाइ गर्ने जनाएको छ ।
संवैधानिक अदालतका न्यायाधीशले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युनबिरुद्धको महाअभियोगको सुनुवाई गर्ने बताउनु भयो । न्यायाधीशले महाभियोग लागेका राष्ट्रपतिलाई उल्लेख गर्दै प्रतिवादीको अनुपस्थितिको तयारीमा जनवरी १६ मा दोस्रो औपचारिक सुनुवाइ तोकिएको उल्लेख गर्नुभयो । युनका लागि कानूनी प्रतिनिधिहरूले थप तयारी सुनुवाइहरूमा थप छलफलको माग गरेका छन् । जसलाई न्यायालयले खारेज गरेको छ ।
नेशनल एसेम्बलीका लागि कानूनी प्रतिनिधिहरूले अदालतको कार्यवाहीलाई ढिलाइ गर्न खोजेकोमा युनको प्रतिरक्षा सल्लाहकारको निन्दा गरेका छन् । युन विरुद्धको महाभियोग प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभाले पारित गरेको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको राष्ट्रपतिको शक्ति निलम्वित छ ।
युनलाई अनुसन्धान एजेन्सीहरूले विद्रोहको आरोपमा संदिग्ध नेताको रूपमा नाम दिएका थिए । डिसेम्बर ३, २०२४ को रात मा मार्शल ल घोषणा गरे तर यसलाई केही घण्टापछि राष्ट्रिय सभाले खारेज गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच