
काठमाडौँ । नेकपा माओवादी केन्द्रको शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।
पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो।
बैठक भोलि बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसँडाडामा बस्नेछ । माओवादीको केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजे स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा हुँदैछ ।
भोलि बिहान बस्ने बैठकले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ । प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्ने बताइएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच