राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको सदस्यता अभियान शुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले पुस र माघ महिनाभित्र हरेक पार्टी सदस्यले कम्तिमा एकजना नयाँ सदस्य थप्ने अभियान शुरु गरेको छ । यस अभियानको उद्देश्य पार्टीको आधार थप बलियो बनाउन र जनताको बीचमा पार्टीको उपस्थिति विस्तार गर्नु रहेको बताइएको छ ।

अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले यस अभियानको महत्वलाई जोड दिँदै भन्नुभयाे, "हामी सबैले आफ्नो जिम्मेवारीलाई गम्भीरताका साथ लिने हो भने, यो अभियानले पार्टीलाई थप सशक्त बनाउनेछ । हरेक सदस्यको सहयोग र प्रतिबद्धता हाम्रो सफलता सुनिश्चित गर्नेछन् ।"

पार्टीका नेता र शुभचिन्तकहरूसँग अपील गर्दै भुसालले भन्नुभयाे, "हामी सबैको सहकार्य र मेहनतले मात्र यो अभियान सफल बनाउन सक्छौं । तपाईंहरूको सानो योगदानले पार्टीको भविष्यलाई उज्जवल बनाउन ठूलो भूमिका खेल्नेछ।"

ADVERTISEMENT

यस अभियानको माध्यमबाट पार्टीका पुराना र नयाँ सदस्यहरूलाई समेट्दै अर्घाखाँची जिल्लामा पार्टीको संगठनात्मक संरचना बलियो बनाउने लक्ष्य राखिएको छ । यसले पार्टीको दृष्टिकोण र आगामी चुनावमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको निर्वाचनमा जिल्लामा तेस्रो शक्तिको रुपमा अगाडि आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?