
हेटौंडा । मकवानपुर प्रहरीले १० किलो २७० ग्राम लागुऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको छ।
बिहिवार बिहान ६ बजेको समयमा हेटौंडा-४ स्थित नारायणी मल नजिकै सडकमा हिडिरहेको अवस्थामा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश- ५ भैराङ बस्ने बर्ष ३० की अंजली गोले र हेटौंडा- ३ बसामाडी बस्ने वर्ष ५१ की ज्ञानुमाया गोले रहेका छन् ।
प्रहरीका अनुसार शंका लागि रितपुर्वक खानतलासी गर्दा उनीहरूले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा लागुऔषध गाँजा १० किलो २७० ग्राम फेला परेको हो।
उक्त लागुऔषध गांजा सहित निजहरु अंजली गोले र ज्ञानुमाया गोलेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच