अन्तर्राष्ट्रिय पुस्तक मेला सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दक्षिण एशियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी-२०८१ सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा बुधबार सुरु भएको मेला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले उद्घाटन गर्नुभयो ।

मेलामा नेपालका साथै चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलंका, क्यानडा र बंगलादेशका प्रकाशक तथा लेखकहरूको सहभागिता रहेको छ । पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित सुरु भएको दोस्रो दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी-२०८१ पुस २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । ‘चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकता आत्मसात गरी मेला आयोजना गरिएको महासंघका अध्यक्ष शिव सागर शर्माले बताउनुभएको छ ।

ADVERTISEMENT

मेलामा एकसय ५० भन्दा बढी स्लट रहेका महासंघका महासचिव बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । मेलाले दक्षिण एशियाली राष्ट्रबीच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *