प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आउनुभएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *