काठमाडौं ।नेकपा एमालेबाट निस्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्नको वर्षा गराउनु भएको छ ।
पार्टीबाट निस्कासित भएपछि पहिलोपटक बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एमाले अध्यक्ष ओलीमाथि सयौं आरोप लगाउँदै प्रश्न गर्नुभएको हो ।
उहाँले राज्यसत्तासँग असन्तुष्ट सम्पूर्ण शक्तिलाई समेटेर त्यसअघि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा समेत गर्नुभयो । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने उहाँको भनाइ छ ।
एमाले सचिवालय बैठकले उहाँलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ ।
एमालेमा रहँदा उहाँले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गर्नुभएको थियो ।
पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी हुनुहुन्थ्यो । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उहाँले आज पत्रकार सम्मेलनमा सुनाउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा