काठमाडौं । आजदेखि अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भ भएको छ । यस अवसरमा विश्वभर विविध कार्यक्रम गर्दै नयाँ वर्षलाई स्वागत गरिएको छ । सन् २०२४ लाई बिदा गर्दै आजबाट नयाँ वर्ष २०२५ लाई स्वागत गरिएको छ । नेपालीसहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
इसाई धर्मका प्रवर्तक जिसस क्राइष्ट (प्रभु यशु)को सम्झनामा उहाँको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
विगत केही वर्षदेखि जनवरी १ मा ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै आएको छ । स्वतः स्फूर्त रूपमा नेपाली युवाहरूले विगत १२ वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन् । नेपाली टोपी नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित होस् भन्ने उद्देश्यले यो अभियानको थालनी भएको बताइन्छ ।
नेपाली टोपीको प्रवद्र्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण अभियान भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पुस १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए ।
सामाजिक सञ्जालबाट सुरु उक्त अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन जागरूक युवाहरू लागिपरेका छन् । नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले आ-आफ्नो धर्म, जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ । आज नेपाली टोपी पहिरिएर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रूपमा नेपाली टोपीलाई स्थापित गराउन सहयोग गर्न अपिल गरिएको छ ।
यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले पुस १७ गते आज धोती दिवस मनाउने निर्णय गरेको छ । प्रवक्ता शरद्सिंह यादवका अनुसार पुस १७ गते सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा