काठमाडौं । नेपाल पर्यटन बोर्ड २७औँ वर्षमा प्रवेश गरेको छ । मंगलबार आयोजित बोर्डको २६औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवद्र्धन तथा डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन जोड दिनुपर्ने बताउनुभयो । बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणा आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन डिजिटल मार्केटिङलाई जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
साथै मन्त्री पाण्डेले पर्यटन विकासका लागि पर्यटनमैत्री नीतिको तयारीमा सरकार लागिरहेको पनि जानकारी गराउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने भन्दै सहकार्यमा जोड दिनुभयो भने बोर्ड सञ्चालक समिति सदस्य ऋषि भण्डारीले बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटक आगमन लयमा फर्किदै गएको भन्दै आगामी दिन अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार कोरोनापछि विश्व परिवेशमा ९७ प्रतिशत रिकभरी देखिएको छ भने सन् २०२४ मा नेपालमा साढे एघार लाख पर्यटकले भ्रमण गरेकाले कोरोनापछि नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको छ । बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन मिश्रले बोर्डको आन्तरिक सुदृढीकरणका लागि नीतिगत सुधारमा जोड दिनुभएको थियो ।
११ लाख बढी पर्यटक
सन् २०२४ मा विदेशी पर्यटक आगमन साढे ११ लाख पुगेको छ । सो अवधिमा ११ लाख ४७ हजार २४ पर्यटक नेपाल आएका हुन् । गत २०२३ मा १० लाख १४ हजार आठ सय ८२ पर्यटक आएका थिए । गत वर्षको तुलनामा यस वर्ष एक लाख ३५ बढी पर्यटक आएका हुन् । सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक आएका थिए । सन् २०२५ मा नेपालले १३ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements