
काठमाडौं । चलचित्र ‘११ः५५’ (डु नट ट्रष्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा चलचित्रको फस्र्टलुक पोष्टर सार्वजनिक गर्दै आगामी चैत ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
केशव पाण्डेको लेखन तथा निर्देशन रहेको चलचित्रको सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल प्रस्तुत हुनुहुन्छ । चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
चलचित्रमा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन छ ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रमा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच