काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताउनुभएको हो । उहाँले मधेसको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गर्नुभयो । उहाँले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताउनु भयो ।
उहाँले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताउनु भयो । मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘जबससम्म मधेसको राजनीतिको व्यापारिकरण हट्दैन मधेसको जनता अगाडि गन्तव्यमा पुग्छ भन्नेमा मलाई शंका लाग्छ । आज मधेसमा उही नेता छ जसले ५०० जनालाई दारु र मासु खुवाउन सक्छ । त्यो पनि तस्करी र सरकारी सम्पती लुटेर होला । यसरि राजनीति हुँदैन । राजनीति निष्ठा हो । आज मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ । त्यागको आवश्यकता छ । जहिले पनि मधेसी जनताले त्याग गरेको छ । नेताले त्याग गरेको छैन । यो यथार्थ हो । म कसैप्रति टिकाटिप्पणी गर्दिन । मेरो पिएचडीको विषय नै मधेस थियो । जुन हकिकत मधेसीको छ त्यहि हकिकत श्रीलंकाको तमिलको छ । अन्य धेरै देशमा छ । तर न्याय पाएन भनेर निराश भएर बसेर पनि समाधान हुँदैन । न्यायको लागि संगठित भएर आउनुप-यो ।’
उहाँले मधेस सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उपलब्धी नभएको बताउनु भयो ।
सिंहले मधेशवादी पार्टीमा पनि परिवारवाद हाबी भएको र अहिलेसम्म सिद्धान्तमा अहसमति भएर पार्टी विभाजन नभएको बताउनु भयो ।
मधेशवादी दलहरु मन्त्री बन्नको लागि मात्रै विभाजन भएको उहाँले आरोप लगाउनु भयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा