
महोत्तरी । महोत्तरीको बर्दिबासमा रहेको होटल गुञ्जले अंग्रेजी नयाँ वर्षको अवसर पारेर मंगलबारदेखि विशेष कार्यक्रम आयोजना गर्दैछ । रमाइलो वातावरण, स्वादिलो परिकारका साथ चर्चित कलाकारको प्रस्तुति रहने नयाँ वर्ष विशेष कार्यक्रम बुधबारसम्म सञ्चालन हुने बताइएको छ ।
होटल गुञ्जनका अनुसार न्यु इयर इभ र न्यु इयरको दिनमा ‘समुन्द्र ब्याण्ड’ र ‘द हाइम्स ब्याण्ड’ को संयुक्त लाइभ प्रस्तुति रहनेछ । साथै बार्बेक्यु नाइट र विभिन्न आतिसबाजीलगायतका कार्यक्रम पनि रहेका छन् ।
होटल गुञ्जका म्यानेजर सुशान्त कार्कीले भन्नुभयो, ‘हाम्रा अतिथिहरूको यो नयाँ वर्ष वास्तवमै अविस्मरणीय बनाउन हामीले विविध प्रतिभाशाली व्यक्तित्वका साथ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका छौँ । हामीलाई विश्वास छ कि संगीत, स्ट्याण्ड-अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधिका साथ हाम्रा अतिथिहरूको नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुनेछ । त्यसैले आफ्नो परिवार र साथीभाइसँग नयाँ वर्ष विशेष बनाउन अहिले नै सिट बुक गर्न सक्नुहुनेछ ।’ यस नयाँ वर्ष उत्सवमा प्रवेश निःशुल्क रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच