काठमाडौं । अमेरिकाको दक्षिणी भागमा आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
ग्रेटर ह्युस्टन मेट्रोपोलिटन क्षेत्र, टेक्सास वरपर कम्तीमा पाँचवटा आँधी आएको बताइएको छ । ६ जना घाइते भएको बताइएको छ । एल्विन, ब्राजोरिया काउन्टीमा जो ह्युस्टनबाट करिव ४५ माईल दक्षिणमा छ ।
आँधीले वाल्ट डिज्नी इलिमेन्टरी स्कुलमा ठूलो क्षति पुगेको छ । विद्यालयमा करिव ४३९ विद्यार्थी छन् । ११ लाख भन्दा बढी घरहरू र व्यवसायहरू दक्षिणभर विद्युतविहीन छन् ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा