
काठमाडौं । लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष वासु गौतमलाई इटालीको सार्नो नगरपालिकाद्वारा ‘पिस एम्बासडर’ को उपाधिले सम्मानित गरिएको छ । जलवायु संकटको सामना र सांस्कृतिक समझदारीको प्रवद्र्धनमा गौतमको योगदानलाई कदर गर्दै इटालीको ‘एस् मु डो शान्ति र न्याय’ नामक संस्था तथा सार्नो नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रमका बीच डिसेम्बर २७ मा गौतमलाई सो सम्मान प्रदान गरिएको हो ।
गौतमलाई सार्नोका मेयर डा. फ्रान्सेस्को स्क्विलान्ते, संस्कृति परिषद् सदस्य प्रोफेसर अन्ना मारिया डेला पोर्टा र ‘एस् मु डो शान्ति र न्याय’ की अध्यक्ष डा. ग्लाडिस माबेल क्यान्टेल्मीले संयुक्तरूपमा उक्त सम्मान प्रदान गर्नुभएको थियो । गौतमले विगत एक दशकदेखि लुम्बिनी वल्र्ड पिस फोरममार्फत् नेपाल, कम्बोडिया, जापान, म्यान्मार (बर्मा), सिंगापुर, फ्रान्स, भारत, इजिप्टलगायत विश्वका २० मुलुकहरूमा ‘दिगो शान्तिका लागि सांस्कृतिक समझदारी’ कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ । त्यसैगरी, फोरममार्फत् उहाँले श्रीलंका र बंगलादेशलगायत दक्षिण एसियाली देशहरूमा जलवायु न्यायको मुद्दालाई अघि सार्दै अभियान सञ्चालन गर्दै आउनुभएको छ ।
नेपालमा भने गौतमले विगत पाँच वर्ष देशव्यापीरूपमा ‘दश लाख वृक्षारोपण तथा संरक्षण अभियानमार्फत् जलवायु सचेतना अभियान सञ्चालन गर्दै आउनुभएको छ । कार्यक्रमका क्रममा गौतमले मेयरसहितका स्थानीय अधिकारीहरूसँग महत्वपूर्ण छलफल गर्नुभयो । उनीहरूको साझा दृष्टिकोणले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्दै विश्वका चुनौतीहरूको समाधानमा जोड दिएका थिए । सम्मान ग्रहण गर्दै गौतमले भन्नुभयो, ‘यो सम्मानले दिगो शान्ति र जलवायु संकटको सामनामा आफ्नो संलग्नता अझै प्रगाढ बनाउँदै जान थप हौसला मिलेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच