काठमाडौं । नेपाल विज्ञापन संघ(आन)को २५औँ साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । नेपाली आमसञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन आनले विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्ष संलग्न गराई दुईवटा विशेष कार्यक्रमसहित २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रमको पहिलो बन्द सत्रमा संघको वर्तमान कार्यसमितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएका छुट्टाछुट्टै वार्षिक तथा आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय-व्यय विवरणहरू बहुमतले पारित गरेको थियो ।
त्यसपछि विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्ष संलग्न गराई स्टेइंग रेलिभेन्टः रिसेपिङ नेपाल्स एडभर्टाइजिङ ल्याण्डस्केप शीर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रम गरिएको थियो । भुषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इं, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल तथा आन अध्यक्ष सुदिप थापाले आ-आफ्ना धारणा राखेका थिए ।
वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्ष्यमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वरिष्ठ सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानलका अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजकर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अवस्थामा आइपुग्न गरेको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरिएको थियो । त्यसैगरी वर्षेनी एड फेस्टका अवसरमा थाइल्याण्डमा आयोजना हुने योंङ लोटस वर्कशपमा सन् २०२४ मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलियालगायत एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारका प्रतिनिधिबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट पाँचभित्र पर्न सफल प्रसन्न श्रेष्ठ र साइष्मा घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा