काठमाडौं । काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । आगामी ९ जनवरीमा हुन लागेको समारोहमा चिनियाँ फिल्म निर्माता र कलाकारको प्रतिनिधि मण्डल नेपाल आउने तय भएको छ । काठमाडौंस्थित नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी र चीनको चाइना फिल्म एडमिनिस्ट्रेसनले संयुक्तरूपमा कार्यक्रम गर्न लागेका हुन् ।
सो अवसरमा तीन चिनियाँ चलचित्र प्रदर्शन गरिने भएको छ । ती चलचित्र निर्माता कम्पनीका तीनजना सदस्य, दुईजना कलाकारसहित चाइना फिल्म एडमिस्ट्रिेसनका निर्देशक सु याङ आउने तय भएको छ । यसबारे एकेडेमीले यसैसाता विस्तृत जानकारी दिने अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । नेपालमा चाइना फिल्म डेपछि निकट भविष्यमै चीनमा पनि फिल्म फेस्टिभल गर्ने तयारी भइरहेको पाठकले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा