काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । थापाथलीस्थित नर्भीक अस्पतालमा हृदयाघातका कारण शुक्रबार राति उहाँको निधन भएको हो ।
हृदयघातपछि उहाँलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । उहाँको शव अहिले अस्पतालमै रहेको छ। उहाँ करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश रहनुभएको थियो ।
२२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश हुनुभएको थियो ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता