
कालीकोट । कालीकोटको पचालझरना गाउँपालिका वडा नम्बर-८ चाटेबगरस्थित कर्णाली नदीमा डोजर पार गर्ने क्रममा पल्टिँदा डोजर चालक सहित एक जना नदीमा बेपत्ता भएका छन् ।
शुक्रबार बेलुकी ५ बजेतिर डोजरलाई कर्णाली नदि पार गर्ने क्रममा पल्टिएपछि सोहीँ पचालझरना गाउँपालिका–८ स्थित कुस्माखर सञ्ज्याल बेपता हुनुभएको हो ।
डोजर चाटेबगरबाट नदीमा तारेर वडा नम्बर–४ मा लैजानेक्रममा नदीमा पल्टिएको खबर छ प्राप्त भएको छ । चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछी चालकसँगै रहेका निर्माण व्यावसायिका प्रतिनिधि कुस्माखर सञ्ज्याल बेपत्ता हुनुभएको बताइएको छ ।
कर्णाली नदीमा स्काभेटर मेसिनसहित एकजना मान्छे बेपत्ता भएको पचालझरना गाउँपालिकाकी उपाध्यक्ष अल्किना बमले बताउनुभयो । कर्णाली नदीमा डोजर पल्टिएपछी नदीमा तैरीरहेका चालकलाइ भने स्थानीयको सहायतामा उद्वार गरीएको हो । उहाँसँगैका अर्का पचालझरना८ का कुस्माखर सञ्ज्याल भने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
खाँडाच्रक ८ का डोजर चालक बर्ष ३१ का नमराज मल्ललाई सकुशल उद्वार गरीएपछी उनलाई ईलाका प्रहरी पचालझरनाको नियन्त्रणका राखि सोधपुछ गरिरहेको र पचालझरना८ खडतोलीका अन्दाजी बर्ष ४० का कुस्माखर सञ्ज्यालको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोवीन्द्र चौधरीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच