काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत् आयोजना(२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत् परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।
जसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच मन्दाकिनी हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष शरदकुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईंटेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको आयोजनाबाट चार मेगावाट विद्युत् २०७४ साल मंसिरदेखि व्यावसायिकरूपमा उत्पादन भई आयोजना पूर्णरूपमा सञ्चालनमा आएको छ । कम्पनीको अधिकृत पुँजी दुई अर्ब रुपैयाँ तथा जारी पुँजी ६४ करोड ६७ लाख रुपैयाँ रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता