काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना हुनु भएको छ ।
७८ वर्षीय वैद्यलाई श्वासप्रश्वासमा समस्याभएपछि बिहीबार नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँ सहभागी हुनु भएको थियो । त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उहाँलाई अस्पताल लगिएको थियो ।
चिकित्सकहरूले भर्ना गरेरै उपचार गर्नुपर्ने बताएपछि उहाँलाई भर्ना गरिएको थियो।






