काठमाडौं । काठमाडौं महानगरपालिका कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा काठमाडौं महानगरपालिका धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतासँगै प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले २० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलतर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकतर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सविन राणाले हस्ताक्षर गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता