काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोप–३० जाँदा भाषण सुनेर फर्किने नभइ निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिनुभएको छ ।
बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप- २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन सम्बन्धी सम्मेनहरुलमा जाँदा भाषण सुन्ने नभइ निर्णय गराउनसक्ने गरी जानुपर्ने बताउनुभएको हो ।
उहाँले सम्मेलनका दिइने ३ मिनेटलाई कतिबेला आयो भन्नेकुराको जानकारी बिनै उत्कृष्ट रुपमा आफ्ना धारणा र एजेण्डाहरु प्रश्तुत गर्नुपर्ने बताउनु भयो । योजना उहाँले कोप ३० मा जाँदा नेपालले आफूलाई विशेष तयारीका साथ जानुपर्ने बताउनु भयो ।
उहाँले नेपालले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नेतृत्व लिन सक्नुपर्ने बताउनु भयो । सबै एकजुट भएमात्रै जलवायु परिवर्तनका समस्या न्युनिकरण गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसम्बन्धी असर न्युनिकरणका लागि ठोस नीति बनाउनुपर्ने बताउनु भयो । कसको जिम्मेवारी के ? कसले के गर्ने ? भनेर सरकारले समिति बनाउने र समितिको सुझावअनुसार जलवायु अनुकुलनका लागि काम गर्ने बताउनु भयो । उहाँले अहिलेदेखि नै कोप ३० को तयारीमा लाग्न निर्देशन दिनुभयो । कोप २० बाट ३० आउँदासम्म नेपालले गरेका कामहरुको प्रतिवेदन बनाउने र आफ्ना एजेण्डाहरु दृढ र स्पष्ट बनाउनुपर्नेमा जोड दिनुभयो । हिमालमा जलवायु परिवर्तनका कारण परेको असरमा नेपालले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब हामी ठोस नीति बनाऔँ । कसको जिम्मेवारी के ? कसले के गर्छ भनेर त्यो एउटा वन मन्त्रालय र अरुसमेत राखेर, विभिन्न राखेर हामी एउटा यस्तो समिति बनाउँला । जसबाट विज्ञहरु राखेर योङ इनर्जेटिक मान्छेहरु राखेर अर्को साथीले उठाउनुभएको थियो, हामी टेक्नोलोजी र म्यानपावरतिर ध्यान दिइरहेका छैनौँ भने कसरी यसको मिटिगेशन कसरी हुन्छ ? त्यसकारण यसकारण यसलाई सम्बोधन गर्न हामीसँग नलेज, टेक्नोलोजी, टेक्निकल म्यानपावर यि चाहिन्छ । इक्वीपमेण्टहरु पनि चाहिन्छ । यि समेत हामीले अघि बढाउनुपर्छ । तर त्यो भन्दा बढी महत्वपूर्ण कुरा कमन कमिटमेण्ट हो । साझा प्रतिवद्धता सबैभन्दा महत्वपूर्ण कुरा छ । जसमा हामी जानुपर्छ । कोप ३० मा जाँदा हामीले आफूलाई विशेष तयारीका साथ जानुपर्दछ । लेक्चर सुनेर आउने होइन, निर्णय गराएर आउने । हामीले लिड गर्नुपर्छ, यि इस्युहरुमा । तीन मिनेटको समय दिएको छ भने तीन मिनेट कतिबेला आयो भन्नेकुरा तिनीहरुले सम्झन पनि नपाउन् । हाम्रो लजिक त्यसरी जानुपर्छ । कतिबेला तीन मिनेट आयो, थाहा पनि नपाउन् । लजिकले समय बिर्साइदिन्छ । नेपाल देखिने, सुनिने हुनुपर्छ । नेपाल बुझिने हुनुपर्छ । नेपालले प्रश्तावहरुमार्फत लिड गर्नुपर्छ, इन्भायरोमेण्टल क्वेशनमा किनभने यसको मार सबैभन्दा बढी हामीलाई परेको छ । यसको समाधान यहाँबाट खोज्न प्रारम्भ गरिनुपर्दछ । हाम्रा मन्त्रालयहरुले ठोस योजनाहरु बनाउनु पर्दछ । अब अहिलेदेखि थालाँै कोप ३० को तयारी । त्यस भन्दा अगाडि २९ बाट ३० को बीचमा ह्वाट वि डिट इन नेपाल ? यो कुरा हामीले रिपोर्ट प्रश्तुत गरौँ । के ग-यौँ हामीले ? हाम्रा स्पष्ट र दृढ मागहरु प्रश्तुत गरौँ, हामीले लिएका नीतिहरु बताऔँ । दुनियाँलाई काम लाग्छ । हिमाल हामीसँग छन्, समस्याको जरो हामीसँग छ । त्यसकारण समस्या जहाँ छ त्यहाँ कामा गरौँ । माउण्टेनमा फोकस र कन्सन्टेसन हुनुपर्दछ ।’
प्रधानमन्त्री ओलीले सिमित श्रोत र साधनका बाबजुत पनि नेपालले सचेतनामुलक कार्यक्रमहरुमार्फत वातावरण सफा राख्नसक्ने बताउनु भयो । वन जंगलमा डढेलो लाग्न नदिन नागरिकमा सचेतना फैल्याउन आवश्यक रहेको बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts