काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुख, प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
विशेष अदालतमा बिहीबार २५ हजार रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय मागदाबी लिएर आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बुढाथोकीले सवारी साधनलाई आवतरजावत गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २५ हजार रूपैयाँ घुस/रिसवत माग गरी लिएको पुष्टि भएको छ ।
आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई २५ हजार घूस लिइसकेको अवस्थामा केही समय पहिले नियन्त्रणमा दिएको उहाँले बताउनु भयो ।
बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२५,०००/- (पच्चीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयाे ।






