
काठमाडौँ । नेकपा एमालेले पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवाली निर्णय जानकारी गराउँदै भन्नुभयो, ‘बैठकले केन्द्रीय कमिटीको ८औं बैठक आगामी पुस २१ र २२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यो बैठकका लागि हामीले राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरोहरुले गरेका निर्णयहरुको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चार वटा एजेण्डा तय गरेका छौं । सोही एजेण्डामा रहेर यो बैठक सम्पन्न हुनेछ ।’
साथै, सचिवालय बैठकमा कांग्रेस–एमाले गठबन्धन सरकारको पाँच महिने सहयात्राको बारेमा समीक्षा भएको पनि उहाँले बताउनु भयो ।
पाँच महिनाको अवधिमा केही महत्वपूर्ण काम अगाडि बढेकोमा बैठकले सन्तुष्टि व्यक्त गरेको उहाँले जानकारी दिनुभयो । नयाँ सरकार आएदेखि नै शेयर बजार उच्च विन्दुमा रहेको, संक्रमण कालीन न्यायको विषय टुङ्ग्याउन आयोगका पदाधिकारी नियुक्तिका लागि छिट्टै अर्को समिति बनाउनेबारे पनि बैठकमा छलफल भएको उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच