
रुपन्देही । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाउने बताउनु भएको छ ।
रुपन्देहीको सियारी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको सियारी पर्यटन करिडोरको शिलन्यास तथा दयानगर दानव लिफ्ट सिचाई योजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्ने बताउँदै सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने बताउनु भयो ।
फरक प्रसंगमा उहाँले कोरोना महामारी र त्यसपछि आर्थिक मन्दीका कारण प्रभावित भएको अर्थतन्त्रलाई उकास्न सरकारले काम रणनीतिक रुपमा काम गरिरहेको र सुधारका संकेत देखिन थालिसकेको बताउनु भयो ।
पर्यटन करिडोर र लिफ्ट सिंचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच