
✍️ रामप्रसाद खनाल
हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकाको ३०औँ वार्षिकोत्सव ‘३० वर्षको यात्रा : स्वतन्त्रता र समृद्धिमा निरन्तरता’ भन्ने मूल नारासहित आयोजना हुन लागेको कुरा मेरा रेडियो पत्रकारिताका एकजना गुरु, जोसँग मैले छापा पत्रकारितामा पनि लामो समय काम गर्ने सौभाग्य पाएँ र उहाँ अर्थात् प्राध्यापक पुरुषोत्तम दाहालज्यूबाट थाहा पाएँ, उहाँ अहिले उक्त पत्रिकाको प्रधान सम्पादक पनि हुनुहुन्छ । उहाँले मलाई हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकाको ३०औँ वार्षिकोत्सवका सन्दर्भमा एउटा लेख लेख्नका लागि पनि आग्रह गर्नुभयो । गुरुको आग्रह चेलाले अस्वीकार गर्न सक्ने कुरै भएन अनि अमेरिकाको यो व्यस्त जीवनशैलीमा पनि थोरै समय निकालेर दुई/चार हरफ लेख्न जाँदै छु ।
सर्वप्रथम म हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिका, यसका प्रकाशक सञ्चालक उज्ज्वल शर्मालाई उतार चढावका ३० वर्षका लागि हार्दिक बधाई र आगामी दिनका लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु । ३०औँ वार्षिकोत्सव मनाउने अवस्थासम्म आइपुग्दा यस दैनिक र यसका प्रकाशकले भोगेका समस्या, पीडा, आर्थिक लडाइँ म राम्रोसँग बुझ्दछु किनकि मैले साढे तीन दशकभन्दा बढी छापा पत्रकारिता, पत्रिका प्रकाशनदेखि रेडियो, टेलिभिजन, अनलाइन पत्रकारितासम्म आइपुग्दा आफैँले पनि नजिकबाट त्यो वास्तविकता महसुस गरेको अनुभव मसँग छ ।
यावत समस्याहरूका बाबजुद हिमालय टाइम्सलाई कसरी आजसम्म अर्थात् ३० वर्षसम्म निरन्तरता दिन सकिरहनु भएको छ उहाँको त्यो त्यागको जति तारिफ गरे पनि कम हुन्छ । पछिल्लो समयमा मेरा अभिभावक, अग्रज पत्रकार प्रा. पुरुषोत्तम दाहालले प्रधान सम्पादक भएर नेतृत्व गरेपछि हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिका अझ बढी स्तरीय र अनलाइन संस्करणमा पनि अब्बल देखिएको छ ।
उज्ज्वल शर्माजीले ती यावत समस्याहरूका बाबजुद हिमालय टाइम्सलाई कसरी आजसम्म अर्थात् ३० वर्षसम्म निरन्तरता दिन सकिरहनु भएको छ उहाँको त्यो त्यागको जति तारिफ गरे पनि कम हुन्छ । पछिल्लो समयमा मेरा अभिभावक, अग्रज पत्रकार प्रा. पुरुषोत्तम दाहालले प्रधान सम्पादक भएर नेतृत्व गरेपछि हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिका अझ बढी स्तरीय र अनलाइन संस्करणमा पनि अब्बल देखिएको छ ।
छापा पत्रकारिता र पत्रिकालाई अहिले अनलाइन र सामाजिक सञ्जालले चुनौती दिइरहेका बेला संसारभर पत्रपत्रिकाहरू अनलाइनतिर बढी केन्द्रित भएको र पत्रिका प्रकाशन कम वा बन्दसमेत हुने गरेका घटना हामीले यही अमेरिकामा पनि देखिरहेको अवस्था छ । यस्तो अवस्थामा नेपाल जस्तो सानो, विज्ञापन पनि सीमित भएको देश र पत्रकारैपिच्छे मिडिया चलाउने होडका बीचमा हिमालय टाइम्सको कठिन तर निरन्तर यात्रा अत्यन्त प्रशंसनीय छ ।
यसका लागि प्रधान सम्पादक दाहालसहित हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकाको समस्त टिम बधाई र धन्यवादका लागि हकदार छ भन्ने मलाई लाग्दछ । विगत ३० वर्षसम्म यस दैनिकमा योगदान दिएका हरेक पत्रकारहरू धन्यवादका पात्र छन् । हिमालय टाइम्सले यो ३० वर्षमा धेरै पत्रकार उत्पादन ग¥यो, सम्पादकदेखि बजार व्यवस्थापकसम्म धेरैलाई जन्मायो जुन मैले नजिकबाट देखेको छु । आर्थिक अभावमा यसले झेलेका समस्या पनि मलाई राम्रोसँग थाहा छ यद्यपि, हिमालय टाइम्स जीवित छ, सञ्चालनमा छ, पाठकहरूका बीचमा छ जुन अत्यन्त प्रशंसनीय कुरा हो । यसले ३० वर्षमा बहुदल देख्यो, प्रजातन्त्र देख्यो, कांग्रेसको एकमना सरकार, एमालेको अल्पमतको सरकार देख्यो । मिलीजुली सरकारहरू देख्यो भोग्यो । माओवादी आतंक र धम्की पनि देख्यो भोग्यो । राजादेखि माओवादीसम्मको शासन, त्यसपछि आजसम्म बहुत कुछ देखे भोगेको छ र लेखिरहेको छ । बोलिरहेको छ ।
प्रेस स्वतन्त्रता बहाल हुँदा होस् वा प्रतिबन्धित जस्तै हुँदा पनि यो नियमित रहिरहृयो । पटक-पटक सुनिन्थ्यो हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिका अब बन्द हुँदै छ तर यो कहिल्यै बन्द भएन । अब पनि बन्द नहोस् । लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा यो जसरी विगतमा प्रस्तुत भयो आगामी दिनमा पनि यसको यात्रा निरन्तर जारी रहोस् भन्न मन लाग्यो यो पत्रिकाको ३०औँ वार्षिकोत्सवका अवसरमा आज पनि । ‘३० वर्षको यात्रा : स्वतन्त्रता र समृद्धिमा निरन्तरता’ भन्ने मूलनारा बनाएको हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिका नाराअनुसार नै सफल हुन सकोस् मेरो शुभकामना । लेख्न धेरै मन थियो तर समयको पावन्दी र अमेरिकाको व्यस्तताले आजलाई मेरो कलम यहीँ बन्द गर्दछु तर आगामी दिनमा समयले साथ दिएमा समसामयिक विषयमा लेख्ने प्रयास गर्ने नै छु । जाँदा जाँदै फेरि पनि हिमालय यस दैनिकको ३०औँ वार्षिकोत्सवलाई मेरो व्यक्तिगत तर्फबाट, म प्रधान सम्पादक प्रकाशक रहेको नेपाल मदर डट कमको तर्फबाट, म संस्थापक रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्चको तर्फबाट पनि मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद । (लेखक वरिष्ठ कलाकार, गायक, पत्रकार एवं साहित्यकार हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच