✍️ प्रकाशसिंह कार्की
हिमालय टाइम्स नेपाली मिडियामा एक सुपरिचित, प्रतिष्ठित र विश्वासनीय समाचार पत्रिका हो । यसले विगत तीस वर्षदेखि समाचार संप्रेषणको क्षेत्रलाई नयाँ दिशा दिएको छ । तीस वर्षको यात्राले हिमालय टाइम्स पत्रिकाले नेपालको सञ्चार क्षेत्रमा एक अग्रणी स्थान लिएको छ, र यसका सम्पादकीय समाचार र विशेष तथ्यपरक रिपोर्टहरूले नेपाली समाजमा गहिरो प्रभाव पारेको तत्थ्यलाई तीस वर्षे यात्राले नै प्रमाणित गर्दछ ।
परम्परागत ढाँचासँगै यसले डिजिटल मिडियामा पनि उत्कृष्ट उपस्थिति बनाएको छ । वेबसाइट र मोबाइल एप्लिकेशनका माध्यमबाट दूरदराजका यससँग परिचित जनतासम्म पुर्याउन सफल भएको देखिन्छ । अनलाइन समाचार प्लेटफर्मले आधुनिक प्रविधिलाई नेपालका युवा पुस्तासम्म प्रभावकारी रूपमा पुर्याउन मद्दत पुर्याएको छ ।
प्रजातान्त्रिक जनआन्दोलन २०४६ ले प्राप्त गरेको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाले नै सञ्चार जगतलाई नयाँ आयाम प्रदान ग¥यो । तत्पश्चात सञ्चार जगतमा ठूल-ठूला घरानीया पत्रपत्रिकाहरूको स्थापना भयो । यसै क्रममा हिमालय टाइम्सको यात्रा सन् १९९४ मा सुरु भएको थियो । यो पत्रिकाको स्थापनाकालमा नेपालको मिडिया उद्योग परम्परागत र कन्भेन्सनल विधिहरूसँग सीमित थियो । हिमालय टाइम्सले परम्परागत भन्दा पृथक नयाँ दृष्टिकोण ल्याउने प्रयास गर्यो । यो नै अहिलेसम्मको निरन्तरताको मेरुदण्ड बन्न पुग्यो । यसका संस्थापक उज्ज्वल शर्माको अथक प्रयास, लगनशीलता, दूरदर्शिता र अडिक प्रतिबद्धताले यसलाई एक प्रतिष्ठित सञ्चार मिडियामा उभ्याउन सफल बनायो । तीस वर्षको लामो यात्रामा यसले निरन्तर, नवीनतम् सही समचार, बौद्धिक खुराक र राजनीतिक विचारहरूको विश्लेषणात्मक तर्कहरूलाई प्रस्तुतीकरण गर्दै जनतालाई सूचनामूलक जानकारी गराउने काम गर्दै आएको छ ।
हिमालयन टाइम्सको सम्पादकीय आलेखमा सञ्चार जगतको मूल मर्म र मान्यतालाई शिरोधार्य गरी आफ्नै प्रतिबद्धता र नीतिमा समाचार सम्प्रेषण गरेको मैले पाएको छु । प्रशारित सूचनाहरूलाई केलाउँदा उच्चतम मापदण्डमा आधारित रहेकाले नेपाली सञ्चार पत्रिकाको मानकलाई उचाल्न मद्दत ग¥यो । सञ्चार क्षेत्रगत पेशामा निश्पक्षता, सत्यता र प्रोफेशनलिज्मको पनि एक नयाँ मापदण्ड प्रस्तुत गरेको पाइन्छ । हिमालय टाइम्सले मिडियाको मात्र कार्य नगरी समाजप्रतिको जिम्मेवारीलाई सदैव ध्यान दिँदै राजनीतिक, आर्थिक, धार्मिक, सामाजिक र जाति वर्ग सबैलाई समान रूपमा स्थान दिएको मैले पाएको छु । समाजको विभिन्न पक्षलाई घट्नाको सत्य तत्थ्यको आधारमा यथार्थ समाचारलाई प्रस्तुत गर्दै विभिन्न तह, तप्का, वर्ग समुदाय, सीमान्कृत वर्ग, महिलाको हक अधिकार, बाल शोषण, बालहक, शिक्षा र स्वास्थ्य सेवामा सुधारको आवश्यकता जस्ता अति महत्वपूर्ण विषयहरूमा निर्मिकताकासाथ पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएको छ ।
हिमालय टाइम्स पत्रिकाले समयसापेक्ष विषयवस्तुलाई विशेष कमरेज गरी समाजमा घटित घट्नालाई मुद्दा उठाउने तरिकाले जनचेतनामा सकरात्मक प्रभाव पारेको छ । परिवर्तीत समय र समयको माग सँगसँगै संस्थालाई परिवर्तन गराउन सफल भएको छ । परम्परागत ढाँचासँगै यसले डिजिटल मिडियामा पनि उत्कृष्ट उपस्थिति बनाएको छ । वेबसाइट र मोबाइल एप्लिकेशनका माध्यमबाट दूरदराजका यससँग परिचित जनतासम्म पुर्याउन सफल भएको देखिन्छ । अनलाइन समाचार प्लेटफर्मले आधुनिक प्रविधिलाई नेपालका युवा पुस्तासम्म प्रभावकारी रूपमा पुर्याउन मद्दत पुर्याएको छ ।
हिमालयन टाइम्सको तीस वर्षको यात्रा एउटा महत्वपूर्ण माइलस्टोन मात्र होइन यसले पाठकहरूको विश्वास जित्न पनि अत्यन्तै महत्वपूर्ण भूमिका निभाएको छ । पत्रिकाद्वारा प्रकाशित समाचारले पाठकहरूलाई केबल सूचनामात्र होइन, विभिन्न विद्वानहरूद्वारा लेखिएका लेखहरूद्वारा बौद्धिक खुराक पनि दिएको छ । स्वदेशी तथा विदेशी घट्ना क्रमलाई परम्परागत विधि र आधुनिक प्रविधिलाई प्रयोग गरी जनतासमक्ष जानकारी पनि दिएको छ । जनताले यस हिमालय टाइम्म पत्रिकालाई समाचारको एउटा विश्वासिलो निर्मिक मिडियाका रूपमा स्वीकार गरेका छन् ।
हिमालयन टाइम्सको तीस वर्षको लामो यात्राले नेपाली मिडिया उद्योगमा एउटा पृथक छाप छोड्न सफल भएको छ । यो मिडियाद्वारा सञ्चार क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै म सम्पूर्ण हिमालयन टाइम्स परिवारलाई ३० वर्षे लामो यात्राको सफलताको शुभकामना दिन चाहन्छु । आगामी वर्षहरूमा पनि यसले सञ्चार जगतमा नयाँ आयाम थप्नेछ भन्ने विश्वसका साथ म यस हिमालय टाइम्स पत्रिकाको शतक वर्षको अंकसम्म लेख्न र पढ्न पाइरहियोस्, आगामी भविश्यको सफलता र समृद्धिको कामना । (लेखक कार्की नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता हुनुहुन्छ ।)







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता