टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलवार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ ।

अन्य चार जना घाइते भएका छन् । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न र घाइतेहरूलाई चिकित्सा सहायता उपलब्ध गराउन काम गरिरहेको बताउनु भयो ।

ADVERTISEMENT

सन् २०१४ मा सञ्चालनमा आएको उक्त कारखानाले हलुका हतियारका लागि गोलाबारी उत्पादन गरिरहेको बताइएको छ । अधिकारीहरूले विस्फोटको कारणको बारेमा पूर्ण अनुसन्धान शुरु गरेका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज