दक्षिण एसियाली सहयोग संगठन (सार्क) को चालीसौं वार्षिकोत्सव मनाइएको अवस्थामा संगठनको निस्क्रियता पनि उत्तिकै चर्चाको विषय बन्यो । भारत र पाकिस्तानबीचको मनमुटावका कारण अगाडि बढ्न नसकी नाउँमात्रै रहेको वर्तमान अवस्थामा वर्तमान अध्यक्षका हिसाबले नेपाल सरकार पनि अलमलिएको अवस्थामा पुगेको छ । नेपालमै कार्यालय रहेको सार्कको महत्व नेपालका लागि क्षेत्रीय समझदारी, सुरक्षा र समृद्धिका लागि रहेको छ । अमेरिकी इण्डोपेफिक रणनीतिअन्तर्गतको मिलिनियम च्यालेन्ज कम्प्याक्ट तथा चिनियाँ बेल्ट एण्ड रोड इनिसियटिभ फ्रेमवर्कमा नेपाल सरकारले हस्ताक्षर गरिसकेको परिप्रेक्ष्यमा सार्कको उपस्थिति सन्तुलनका लागि आवश्यक बनेको अवस्था छ । यस्तो जटिल र गम्भीर क्षेत्रीय राजनीतिमा सार्कको महत्व र भूमिका दर्शाउने दुईवटा छलफल काठमाडौंमा आयोजना भएकाले विशेष महत्व पाएको छ । दक्षिण एसियाली ज्योतिष महासंघको २१औँ वार्षिक महासभा तथा नेसनल इन्स्टिच्युट फर इन्टरनेसनल को-अपरेसन एण्ड इन्गेजमेन्टद्वारा आयोजना गरिएको सार्कसम्बन्धी कार्यक्रमले शिथिल कूटनीतिक वातावरणलाई तताउने कार्य गर्यो । सरकारी स्तरमा छायाँमा परेको सार्क संगठनलाई थिंकटैक तथा ज्योतिषहरूले चर्चामा ल्याउनुले नयाँ सम्भावनातर्फ इंगित गर्दछ ।
आफ्ना कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने अवसरलाई बुझेर गतिविधिहरू सञ्चालन गर्ने परिपाटी बनाउनुपर्छ । आगामी योजनालाई साकार पार्न ‘खगोल र द्वन्द्व’ अवधारणाका आधारमा अघि बढ्दा सहजै पुग्न सकिन्छ । खगोलीय ज्ञानका आधारमा हिंसाको मानसिकतालाई शान्तिमा रूपान्तरित गर्न सकिन्छ ।
जनचाहना र समर्थन रहेको सार्कको अवधारणालाई भारत सरकारले पनि पुनर्विचार गर्नुपर्नेतर्फ जनमत तयार भएको देखिन्छ । धेरै वर्षदेखि अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान, बहस गर्दै आइरहेको प्रतिष्ठित संस्था ‘नेसनल इन्स्टिच्युट फर इन्टरनेसनल को–अपरेसन एण्ड इन्गेजमेन्ट’ले डिसेम्बरमा आयोजना गरेको दुई चरणको छलफलले वर्तमान गतिरोध र समाधानका उपायहरूबारे प्रकाश पार्न सकेको अनुभव सहभागी विज्ञहरूको थियो । ‘फ्युचर अफ सार्क’ माथिको छलफल बौद्धिकताका साथै इतिहास र कूटनीतिको समग्र स्थिति छर्लंग पार्ने प्रयास थियो । साउथ एसियन युनिभर्सिटी, भारतका सिनियर एसोसियट, प्रोफेसर, डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसनका डा. धनञ्जय त्रिपाठीको प्रस्तुति यथार्थपरक भएकाले प्रश्नोत्तर गर्न सहज बन्यो । सार्क संगठनको क्षेत्रका सम्बन्धमा भारतीय बुझाइ भनेको उत्तरको हिमालयदेखि समुन्द्रसम्मको समथर क्षेत्र हो भन्दै हिमालपारिको चीनको संलग्नता असान्दर्भिक भएको बताएका थिए । यस पंक्तिकारले ‘संघाइ को-अपरेसन, ब्रिक्स जस्तो क्षेत्रीय संगठनमा चीन पाकिस्तानसँग बस्न मिल्ने तर सार्कमा स्वीकार्य किन नहुने’ भन्ने प्रश्नको जवाफमा भारतको दृष्टिकोण हिमालवारिदेखिको सहभागिता मान्ने परम्परागत सोचाइ रहेको बताएका थिए । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र संकायकी पूर्वप्रमुख डा. मीना वैद्य मल्लको प्रस्तुति आर्थिक, राजनीतिक, सामरिक तथा सम्भावित द्वन्द्वहरूका विषयमा प्रकाश पारिएको लाभदायी प्रस्तुति थियो । शान्ति र समृद्धिका लागि सार्क क्षेत्रमा साझा प्रयासको आवश्यकता बुझाउन समर्थ थियो । सार्क सचिवालयका डाइरेक्टर हरिप्रसाद ओडारीले सार्क राजनीतिकरूपमा अघि नबढिरहेको अवस्थामा पनि भइरहेका गतिविधिहरूमाथि प्रकाश पार्दै उपादेयतालाई जोड दिनुभएको थियो । एवं प्रकार प्रथम सत्रको समाप्तिसँगै नेपाली विद्वान् सहभागीहरूले प्रश्न तथा जिज्ञासामार्फत् विषयको सान्दर्भिकतालाई महत्व दिएका थिए ।
नेपालका पूर्वकूटनीतिज्ञ डा. शम्भुराम सिंखडाजीले अध्यक्षता गर्नुभएको दोस्रो सत्रका वक्ताहरूको ज्ञान र क्षेत्र सबैका लागि अनुकरणीय बनेको थियो । साउथ एसियन युनिभर्सिटी, भारतका एसोसियट, प्रोफेसर तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागकी प्रमुख डा. जयश्री विवेकानन्दनले भारत, बंगलादेश, पाकिस्तानका बीच रहेका साझा स्थलहरू र त्यहाँ भइरहेका साझा कार्यक्रमका बारेमा उल्लेख गर्दै सार्कको सम्भावनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । वन, नदीहरूको भइरहेको साझा उपभोग उदाहरणका रूपमा प्रस्तुत गर्नाले यथार्थ परिस्थिति बुझ्न सहज बनेको थियो । सेन्टर फर पोलिसी रिसर्चकी प्रोफेसर डा. निरमई कुटियनले फरक तथ्यहरू प्रस्तुत गर्दै सार्कको महत्वमाथि प्रकाश पार्नुभएको थियो । नेपालका अनुराग आचार्य तथा साउथ एसियन युनिभर्सिटीका सिनियर एसिस्टेन्ट नवरुन रायले आ-आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै स्थितिलाई स्पष्ट पार्नुभयो । एवं प्रकार थिडट्याकका रूपमा भएको यो दोस्रो चरणमा अध्यक्षको आसनबाट डा. शम्भुराम सिंखडाले संयुक्त राष्ट्रसंघको अवधारणाको स्मरण गराउँदै सार्क संगठनको औचित्यमाथि प्रकाश पार्नुभयो । नेपालमा सम्पन्न पहिलो सार्क सम्मेलनका अवसरमा तत्कालीन बडामहारानी ऐश्वर्याबाट आयोजित भोजमा सहभागी भई सोनिया गान्धीलगायतका प्रथम महिलाहरूसँग परिचय गर्दै हात मिलाएको कुरा पंक्तिकारले सुनाउँदै ज्येष्ठताको परिचय दिएको थियो ।
दक्षिण एसियाली ज्योतिष महासंघले २१औँ राष्ट्रिय महासभाको आयोजना गरी जनस्तरबाट भएका कार्यक्रमहरूको लिखित प्रतिवेदनले सार्क संगठनले बढाएको उत्साह र सम्बन्धलाई बुझाउन मद्दत गरेको छ । नेपालका विद्वान् तथा ज्योतिषीहरूको दूरदर्शिता र सक्रियताले धार्मिक प्रभाववाट दक्षिण एसियाली सम्बन्धलाई जीवन्त बनाउन मद्दत पुग्ने कुरामा दुइमत नहोला । इन्टरनेसनल एस्ट्रो, वास्तु तथा तन्त्र कन्फरेन्स २०२४ फरवरी १० र ११ मा नेपालमा सम्पन्न गरेको तथ्यले सरकारभन्दा संस्था सक्रिय भएको दर्शाउँछ । सन् २०२३ फरवरी मा जयपुर भारतमा श्री वेदामृतम संस्थानम् जयपुर फाउण्डेसनले आयोजना गरेको सम्मेलनमा महासंघको प्रतिनिधित्व भएको तथ्यले भारतमा समेत दक्षिण एसियाली ज्योतिष महासंघको निर्देशनमा कार्यहरू हुने गरेको पाइन्छ । महासंघ सहआयोजक भएर भारतको झारखण्ड टाटा जमसेदपुरमा ३१औँ एसियन एस्ट्रोलोजर कन्फरेन्स २०२४ को आयोजना हुनुले महासंघको नेतृत्व र प्रभाव भारतमा पनि स्वीकार्य बन्दै गएको देखिन्छ । समग्र दक्षिण एसियाली राष्ट्रहरूको साझा संगठनका रूपमा महासंघले मान्यता पाई सचिवालय नेपालमा राखी भारत, बंगलादेश, भुटानमा राष्ट्रिय समिति निर्माण हुनु तथा पाकिस्तान, माल्दिभ्समा सम्पर्क स्थापित हुनुले नेपाल र नेपाली विद्वान्हरूको नेतृत्व र प्रभाव स्थापित हुँदै मुलुककै सफ्टपावरका रूपमा ज्योतिष, वास्तु र तन्त्रले प्रभाव पारिरहेको बुझ्न सकिन्छ ।
दक्षिण एसियाली ज्योतिष महासंघले आफ्नो भारत च्याप्टरसँगको सहकार्यमा धार्मिक पर्यटन परियोजनामार्फत् वार्षिक पचास लाख धार्मिक पर्यटक नेपालमा भित्र्याउन सक्ने छ । धार्मिक सांस्कृतिक प्रभाव बढ्न गई छिमेकी तथा विश्वले नेपाललाई सम्मानको दृष्टिले हेर्ने छ । आदरपूर्वक व्यवहार गर्ने छ ।
राष्ट्रिय महासभामा प्रस्तुत आगामी योजनाहरू महत्वाकांक्षीझैं देखिए तापनि सम्भव कुराहरू भएकाले यस पंक्तिकार पनि सहभागी भई आफ्नो मन्तव्य राखेकाले थप सुझावसहित विश्लेषण गर्न मनासिव ठान्दछ । प्रदेश समितिहरूले पनि आफ्ना कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अवसरलाई बुझेर गतिविधिहरू सञ्चालन गर्ने परिपाटी बनाउनुपर्छ भने आगामी योजनालाई साकार पार्न ‘खगोल र द्वन्द्व’ अवधारणाका आधारमा अघि बढ्दा सहजै पुग्न सकिन्छ । खगोलीय ज्ञानका आधारमा हिंसाको मानसिकतालाई शान्तिमा रूपान्तरित गर्न सकिन्छ भन्दै यस पंक्तिकारले सन् २००६ मा ‘खगोल र द्वन्द्व’ पुस्तक प्रकाशित गरी माओवादी नेतृत्वहरूलाई शान्तिमा रूपान्तरण गर्ने प्रयास गरेको थियो । यो अवधारणालाई तीन वर्षपछि युनेस्को र इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले सन् २००९ मा ‘एस्ट्रोनोमी फर पिस’ आयोजना गरी अगाडि बढाएको थियो । द्वन्द्व व्यवस्थापन तथा शान्ति शिक्षाको नेतृत्व ज्योतिष महासंघले सहजै खगोलीय ज्ञानका आधारमा लिन सक्ने छ । महासंघको भवन निर्माण गरी अध्ययन अनुसन्धान केन्द्रको विकासबाट आध्यात्मिक र वैदिक पर्यटक आकर्षित गर्न नेपाल सरकारसँग सहकार्य बढाउने योजना उल्लेख हुनुले पर्यटनका माध्यमबाट समृद्धमा पु¥याउन ‘मुक्तिनाथ–कन्याकुमारी–द्वारिका–बद्रीनाथ सांस्कृतिक पर्यटन परियोजना’ बाट सम्भव हुने छ ।
एक अर्ब जनसंख्यालाई समेट्ने उपरोक्त क्षेत्रको पदयात्रा यस पंक्तिकारसहितको सहभागितामा दुई चरणमा गरी सम्पन्न गरिएको थियो । अठार मेडिटेरियन मुलुकका असी शहर संलग्न गराई संयुक्त राष्ट्रसंघको ब्यानरमा युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालनमा रहेको ‘फोनेसियन रुट कल्चरल टुरिजम प्रोग्राम’ सञ्चालन रहेझैं यो पनि आर्थिक समृद्धि ल्याउने परियोजना बन्ने छ । दक्षिण एसियाली ज्योतिष महासंघले आफ्नो भारत च्याप्टरसँगको सहकार्यमा धार्मिक पर्यटन परियोजनामार्फत् वार्षिक पचास लाख धार्मिक पर्यटक नेपालमा भित्र्याउन सक्ने छ । धार्मिक सांस्कृतिक प्रभाव बढ्न गई छिमेकी तथा विश्वले नेपाललाई सम्मानको दृष्टिले हेर्ने छ । आदरपूर्वक व्यवहार गर्ने छ । सौम्यशाक्ति (सफ्टपावर)का रूपमा ज्योतिष, वास्तु र तन्त्र उपयोगी बन्ने छ ।







प्रस्तुति सराहनीय छ। प्रस्तावित कुराहरु उचित छन्।