जीवनको उत्तरार्धमा आएर मेरो लेखन यात्रा प्रारम्भ भएको प्रसंगमा हिमालय टाइम्स दैनिकमा जोडिन पुगेँ । यस क्रममा त्यहाँ कार्यरत राजेश खनालले मलाई प्रोत्साहन गर्नुभयो । त्यसपछि म नियमित रूपमा स्तम्भकार जस्तै बन्न पुगेँ । यद्यपि, मलाई लेख्नुपर्छ भन्ने प्रेरणा भने खस आन्दोलनले ग¥यो । नेपालमा जब माओवादीहरू शान्ति प्रक्रियामा आए त्यसपछि जातीयताको (पहिचानको) मुद्दा चरम उत्कर्षमा पुग्न थाल्यो । जुन समयमा मूलधारका राजनीतिक पार्टीहरू खासगरी कांग्रेस/एमाले निरीह बन्दै गएका थिए । २०६३ सालतिर खस क्षेत्रीहरू पनि अन्तरिम संविधानमा मुलुकको सबैभन्दा ठूलो जनसंख्या ओगटेको जाति खस समूहलाई अन्यको सूचीमा राखेपछि केही सचेत खसहरू विस्तारै आफ्नो जातिको अस्तित्व र पहिचानका लागि एकताबद्ध हुने थाले ।
अतः मेरो पनि ध्यान त्यतातिर तानिन थाल्यो । क्रमशः खस जाति समूहको संगठनमा आबद्ध हुने र सानोतिनो जिम्मेवारी बहन गर्ने अवसर मिल्यो । त्यही जिम्मेवारी बहन गर्ने सन्दर्भमा हिमालय टाइम्स दैनिकमा जोडिन पुगेँ र सो पत्रिकाले प्रश्रय पनि दियो । त्यहाँबाट प्रोत्साहित भएर आजपर्यन्त निरन्तर आफ्ना विचारहरू प्रस्तुत गर्न पाइरहेकोे छु । अरू बिग हाउस मानिने पत्रिकाहरू जस्तो सीमित लेखकहरू बाहेकलाई निषेध नगरी प्राप्त लेख/रचनाहरूलाई उचित स्थान दिँदै आएको छ । हिमालय टाइम्स दैनिकको सदाशयताले मेरो पनि लेखन क्षेत्रमा प्रवेश भएको हो । सुरुवातको समयमा पहिचानवादीहरूका मुद्दाहरू निस्तेज र निष्प्रभावी बनाउन खसको मुद्दालाई उठान गरिँदा तत्कालीन मूलधारका राजनीतिक दलहरू पनि खसहरूसँग लहसिन पुगेको अवस्था थियो ।
कतिपय पत्रिकाहरू यथार्थभन्दा बाहिरी प्रभावबाट बहकिए पनि हिमालय टाइम्सले अडिग भएर आफूलाई सत्यतथ्यमा उभ्याएको छ । आजको यस अवस्थासम्म आइपुग्न निकै संघर्ष गर्नुपरे पनि नेपाली समाजमा विश्वास आर्जन गर्न हिमालय टाइम्स पूर्ण सफल भएको छ ।
माओवादीले १४-१५ वटा पहिचानसहितका प्रदेश बनाउने लगभग तयारीमा पुग्नै लागेको समयमा खस आन्दोलनका कारण पछि हट्न बाध्य भएको तथ्य जगजाहेर नै छ । तथापि, खस समूहमा पनि दुई मत थियो । एक थर जातीय आधारमा प्रदेश निर्माण गर्ने हो भने सर्वप्रथम खस प्रदेशको प्रस्ताव अघि बढाइएको थियो भने अर्को थरीले जातीय राज्यको विपक्षमा आफ्नो मत राखेका थिए । खस आर्यको आन्दोलनको सेरोफेरोमा पहिलो संविधानसभाको अन्त्य हुन पुगेको अवस्था थियो । यही पहिचानवादी मुद्दाका कारण पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बन्न पुगेको माओवादी अहिले आएर निरीह देखिँदै छ र नेपाली नागरिकहरू जातीय रूपमा विभाजित होइन एकताबद्ध छन् भन्ने कुरा व्यवहारमा प्रमाणित गरेर देखाइदिए पनि र यो संघर्षको लामो शृंखलामा हिमालय टाइम्स दैनिकले निरन्तर साथ दिँदै आएको थियो र छ पनि ।
कतिपय पत्रिकाहरू यथार्थभन्दा बाहिरी प्रभावबाट बहकिए पनि हिमालय टाइम्सले अडिग भएर आफूलाई सत्यतथ्यमा उभ्याएको सकेको भन्ने सम्झना अझै ताजै छ । आजको यस अवस्थासम्म आइपुग्न निकै संघर्ष गर्नुपरे पनि नेपाली समाजमा विश्वास आर्जन गर्न हिमालय टाइम्स पूर्ण सफल भएको छ । धेरैजसो पत्रिकाहरू चाहे दैनिक हुन् वा साप्ताहिक छ्याप्छ्याप्ती पाइए पनि तिनीहरूमा विश्वसनियताको कमी देखिन्छ । नेपाली समाजमा पहिलो जन-आन्दोलनपश्चात् सूचना तथा सञ्चारको क्षेत्रमा अकल्पनीय फड्को मारेको सन्दर्भमा हिटाले पनि त्यत्तिकै सफलता प्राप्त गरेको छ । पञ्चायतको कालरात्रि कालमा मिडियामाथि लगाएको सेन्सरसिपका कारण सञ्चारजगत साँघुरो घेरामा थियो । त्यो समय एक प्रकारले अँध्यारो युग थियो ।
संक्षेपमा भन्नुपर्दा वाक् तथा प्रेस स्वतन्त्रता थिएन । सीमित पत्रिका मात्र जो पञ्चायतको भजन गर्थे तिनीहरूलाई मात्रै छुट थियो । इलेक्ट्रोनिक मिडिया त २०४२/०४३ सालतिर मात्र भित्रिएको थियो । हिमालय टाइम्सका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहालले रेडियो नेपालबाट घटना र विचार कार्यक्रम चलाउँदा नेपालीहरू दंग परेर सुन्दथे । सुन्ने मात्रै होइन उक्त घटना र विचारले नेपालीहरूमा राजनीतिक एवं सामाजिक जागरण ल्याउन निकै प्रभावकारी भूमिका खेलेको कुरा भनिराख्नु परेन । आज तिनै पुरुषोत्तम दाहालको प्रधान सम्पादकत्वमा प्रकाशित हुने पत्रिकाको विश्वसनीयता कति छ ? भन्नै पर्दैन । यो सबै उपलब्धि प्रजातन्त्र पुनःस्थापना पश्चात्का हुन् ।
त्यसभन्दा पहिले पत्रपत्रिकामा बन्देज लगाइएका कारण एक प्रकारले नेपाली समाज बन्द समाजको अवस्थामा थियो । तथापि, प्रधान सम्पादक दाहाल त्यो प्रतिबन्धित अवस्थामा पनि प्रेस स्वतन्त्रताको पक्षमा दृढताका साथ उभिनुभएको थियो । आज हिमालय टाइम्स दैनिक उहाँकै सम्पादकत्वमा लेख तथा सूचना सम्प्रेषण भइराखेकोमा गर्वको महसुस हुन्छ । हिमालय टाइम्स दैनिकले निरन्तर रूपमा सूचना प्रवाह गरेर आफ्नो उपस्थिति देखाइरहेको सन्दर्भमा केही लेख्ने जमर्को गरिएको हो । यस पत्रिकाको ३०औँ वार्षिकोत्सवको अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
समाजमा सत्य र तथ्य समाचार पस्केर आजपर्यन्त हिमालय टाइम्स विश्वसनीयता जोगाउन पूर्णतः सफल भएको मैले पाएको छु । अरूले के गरे ? भन्नेतिर नलागी आफूले के गर्नुपर्छ ? भन्ने मान्यता बोकेको यस पत्रिकाका टिमका सबै सदस्यहरूको पनि त्यत्तिकै सकारात्मक भूमिकाले रहेको छ ।
पत्रिका त्यो पनि दैनिक चलाउनु आफैँमा एउटा कठिन काम हो । निष्पक्ष र स्वतन्त्र रहेर पत्रिकाको धर्म पालना गर्नु अर्को दायित्व हो जुन हिमालय टाइम्स दैनिकले पूरा गरेको मैले पाएको छु । पत्रिका चाहे दैनिक वा साप्ताहिक अथवा सामाजिक सञ्जाल जुनसुकै सञ्चार माध्यमहरू भए पनि समाजमा विश्वास गुमाउँदै गएको प्रसंगमा हिमालय टाइम्सले आफ्नो भूमिका पत्रिकाको धर्म निर्वाह गर्दै अहिले ३०औँ वर्षमा प्रवेश गरेको छ । आफ्ना निजी राजनीतिक आस्था र विश्वासभन्दा माथि उठेर पत्रिका चलाउनु र पत्रकार बन्नु हाम्रो सन्दर्भमा निकै चुनौतीपूर्ण काम देखिन्छ ।
समाजमा सत्य र तथ्य समाचार पस्केर आजपर्यन्त हिमालय टाइम्स विश्वसनीयता जोगाउन पूर्णतः सफल भएको मैले पाएको छु । अरूले के गरे ? भन्नेतिर नलागी आफूले के गर्नुपर्छ ? भन्ने मान्यता बोकेको यस पत्रिकाका सञ्चालकदेखि प्रधान सम्पादक लगायतका टिमका सबै सदस्यहरूको पनि त्यत्तिकै सकारात्मक भूमिकाले मात्रै समाजमा आफ्नो विश्वास कायम राख्न सम्भव भएको हो भन्ने लाग्छ । यसर्थ समाजमा भ्रम फैलाएर नागरिक नागरिक बीचमा असहिष्णुता र असमझदारी सृजना हुनेगरी कतिपय मिडियाहरूले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने कार्यमा अवरोध पुर्याइरहेको सन्दर्भमा हिमालय टाइम्स त्यस अवस्थाबाट टाढा रहेको अनुभूति हुन्छ ।
मूलतः कुनै पनि मिडियाहरूको कर्तव्य भनेकै समाजमा सत्य/तथ्य समाचार सम्प्रेषण गर्नु हो तर अहिलेको सन्दर्भमा त्यस्तो धर्म निर्वाह गरेको कमै मात्र पाइन्छ जुन हिमालय टाइम्सले गर्दै आएको छ । झुट र भ्रामक समाचारले तत्कालका लागि आफ्ना स्वार्थ पूरा भए पनि अन्ततः एकदिन झुट र भ्रामक समाचारको पर्दाफास हुन्छ र झुट टिक्दैन सत्य डग्दैन भन्ने भनाइ स्वतः सिद्ध हुने हुँदा हिमालय टाइम्स दैनिक आफ्नो कर्तव्यबाट आजपर्यन्त ठीक बाटोमा हिँडिरहेको छ भन्नु अन्यथा नहोला । अन्त्यमा फेरि पनि पत्रिकाको ३०औँ वार्षिकोत्सवको अवसरमा उत्तरोत्तर उन्नति र प्रगतिको कामना गर्दछु । साथै मेरो लेखन प्रयास र उत्साहमा सकारात्मक भई प्रोत्साहन गरेकोमा पनि धन्यवाद दिन चाहन्छु ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता