काठमाडौं । इसाई धर्मावलम्बीको महान चाडको रूपमा मनाइने क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौँका सपिङ मलहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिस्टको जन्मदिनको खुसीयाली मनाउने परम्परा अनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउने गर्दछन् । येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
सोही अवसरमा काठमाडौँ उपत्यकाका प्रमुख मलहरूले आफ्नो प्रवेशद्वारमा क्रिसमस ट्री बनाउनुका साथै सान्टा क्लज र रेन डियरको प्रतिमाहरू बनाएर राखेका छन् । मानिसहरू यस्ता आकृति र बनाइएका क्रिसमस ट्री अगाडी फोटो खिचेर रमाउने गर्दछन् ।









बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा