पोखरा । सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जोशीसँग न्यायाधीश नितिज राईले लिएको थुनछेक बहस सकिएको हो।
छविको बयान सकिएसँगै आजै लिला पछाईंको बयान सुरु भएको छ ।
लिलाको बयानपछि मात्रै रास्वपाका सभापति रवि लामिछानेको बयान हुनेछ ।
बयानका लागि छवि, लिलासहित, रवि लामिछाने, जीवीका साझेदर नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो ।
रविसहितका ५१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts