काठमाडौं । भक्तपुरको बालकोटमा मृत फेला परेका कूलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविणको हत्या आफ्नै जेठा छोरा मिलनले गरेको खुलेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले संधिग्नकाे खाेजी जारी राखेकाे बेला जेठा छोरा मिलनले आत्मसमर्पण गरेका हुन् ।
सोमबार बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोटमा बाबु छोराको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । दुई जनाको हत्यापछि फरार रहेका मिलनले मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले नै बाबु र भाईको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच