काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा बाटो बिराएका १३ जनाको प्रहरीले खोजी कार्य जारी राखेको छ ।
सोमबार साँझ ५ बजे उनीहरूले प्रहरीलाई आफूहरूले बाटो बिराएको भनी उद्धार गर्न खबर गरेको प्रहरीले जनाएको छ ।
लगत्तै प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अस्मिता कपालीको नेतृत्वमा ५ जना र स्थानीय एक जनाको टोलीले खोजी कार्य जारी राखेको ललितपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार बाटो बिराएका उनीहरू सम्पर्कमा रहेका छन् र उनीहरुकाे खाेजी जारी रहेकाे छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts