काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् ।
संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था अवगत गराउनु भएको हो।
लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र भएसँगै संसद सचिवालयले निलम्वन गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भयो । सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा “प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्वन भएको व्यवस्था रहेको बताउनु भयो ।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुनु हो ।
प्रहरीले लामिछानेविरुद्ध हिजो सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ ।
आज मात्र सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले सभापति लामिछानेलाई निलम्बन नगर्न आग्रह गर्नुभएको थियो ।
जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमै रहेको र संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने जवाफ दिनुभएको छ ।
अन्ततः संघीय संसद् सचिवालयले लामिछानेलाई सांसदबाट निलम्बन गरेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts