
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान र सामग्री वितरण कार्यक्रम सुरु गरेको छ ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यले नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिएको हो।
आइतबार वडा नम्बर ५ बाट सुरु भएको कार्यक्रम नगरपालिकाका ११ ओटै वडामा सञ्चालन हुने महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लिला कुँवरले बताउनुभयो । कार्यक्रम अन्तर्गत नगरपालिकाका सबै वडाबाट ११० जना जेष्ठ नागरिकहरुलाई सम्मान र सामग्री बितरण गरिने उहाँले जानकारी दिनुभयो ।
आइतबार वडा नम्बर ५ र सोमबार वडा नम्बर ७ का जेष्ठ नागरिकहरुलाई सामग्री बितरण गरिएको छ । उनीहरुलाई फाइबर सिरक र थर्मस दिनुका साथै दोसल्ला ओडाएर सम्मान गर्ने गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताउनुभयो।
वडाको जनसंख्या हेरेर सानो वडामा ९ जना र ठूलो वडामा ११ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। ८५ वर्षमाथिका जेष्ठ नागरिक नभएका वडामा त्यो भन्दा कम उमेरका जेष्ठ नागरिकहरुलाई सम्मानका साथै सामग्री वितरण गरिने दशरथचन्द नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कुँवरले बताउनुभयो।
नगर सरकारका तर्फबाट जेष्ठ नागरिकलाई सम्मान गर्न र चिसोबाट बच्न यो कार्यक्रम सञ्चालन गरेको बताउँदै उपप्रमुख चन्दले आगामी दिनमा जेष्ठ नागरिकहरुका लागि थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।
कार्यक्रममा दलित, गैरदलित, गरिब, विपन्न सबै समेटिने दशरथचन्द नगरपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच