भक्तपुर । भक्तपुरको बालकोटमा बाबुछोरा मृत फेला परेका छन् ।
सूर्यविनायक नगरपालिकास्थित बालकोटको एक घरमा उनीहरू मृत फेला परेका हुन् ।
दुई फरक कोठामा उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खोटाङका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा नवीन मृत फेला परेका हुन् ।
बाहिरबाट ताला लगाएको अवस्थामा कोठामा उनीहरूको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले शवमा चोटपटकका निसानहरू पनि देखिएको जानकारी दिएको छ, जसका कारण उनीहरूको हत्या भएको हुन सक्ने बताइएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।






