काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गर्नुभएको हो ।
म्याग्दी हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँ दरले ४७ लाख ४५ हजार कित्ताबापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर निष्कासनका लागि कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौता अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने कोषले जनाएको छ ।






