काठमाडौं । ‘जहाँ बाँस, त्यहाँ जीवन, जहाँ जीवन, त्यहाँ बाँस’ भन्ने नाराका साथ आगामी फागुनमा खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने भएको हो । बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौती खोजी गर्ने, बाँस खेती सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवा प्रदर्शनी गर्ने, बाँस प्रवद्र्धनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउँदै आवास तथा सामग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने उद्देश्यका साथ बाँस सम्मेलन गर्न लागिएको आयोजकले आइतबार सम्मेलन गरी जानकारी गराएको हो ।
बाँसको अध्ययन तथा अनुसन्धानलाई थप बढावा दिने, आर्थिक उपार्जनका लागि बाँसलाई वैकल्पिक स्रोतका रूपमा विकास गर्ने, बाँसको व्यावसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभका बारेमा जानकारी गराउने आयोजक तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका दिक्तेल खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
सम्मेलनमा एक सयजना सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, एक सयजना वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र सयजना विद्यार्थी गरी तीन सय ५० भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका सम्मेलनको मुख्य आयोजक रहने छ भने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र ग्रिन बाम्बो क्रियसन प्रालि ललितपुर आयोजक रहेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts