
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल- भरतपुर, चितवनका जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध मुद्दा दायर गरेको छ ।
जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि नेपालले नक्कली प्रमाणपत्र पेश गरेको पाइएपछि आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा उनको एसएलसीको लब्धाङ्क पत्र र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंबाट जारी भएको चारित्रिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच