
क्रिकेटका लागि नेपाल उपयुक्त मुलुक भएको प्रमाणित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुको प्रत्यक्ष प्रसारणमार्फत विश्वका क्रिकेटप्रेमीहरुले सुन्दर हिमश्रृखङ्ला, रमणीय प्राकृतिक एवं सांस्कृतिक स्थलहरुको दृश्यावलोकन गर्दै क्रिकेट खेल हेर्ने अवसर पाएका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको एनपिएल क्रिकेट हेर्नका लागि पहिलो दिनदेखि नै उपस्थित भएका अपार जन समूहको क्रिकेट ‘क्रेज’ देखेर विश्वका क्रिकेटप्रेमीहरु चकित परेका छन् । नेपाल र विश्वको विभिन्न देशका क्रिकेट स्टारहरु सम्मिलित आठ वटा नेपाली टिमबीच भएको रोमाञ्चकारी प्रतिस्पर्धाले बिर्सिन नसकिने प्रतियोगिताको रुपमा एनपिएललाई स्थापित गरिदिएको छ । नेपालमा व्यावसायिक खेलको विकासका लागि महत्वपूर्ण जग बसाउन एनपिएल सफल भएको मानिएको छ ।
खेलमा भन्नै नसकिने
एनपिएल क्रिकेट प्रतियोगिताको प्रारम्भदेखि नै सुदूरपश्चिम रोयल्स टिमले सशक्त रुपमा दाबेदारी प्रस्तुत गर्दै अङ्क तालिकामा अग्रता कायम गर्दै आइरहेको थियो । टाइगर उपनामले परिचित नेपाली राष्ट्रिय टिमका भरपर्दा खेलाडी दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम टिमले प्रत्येक म्याचमा बलिङ, ब्याटिङ तथा फिल्डिङ सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरुको मन जित्न सफल भएको थियो । विभिन्न देशका अन्तर्राष्ट्रिय खेलाडीहरुले पनि सुदूरपश्चिमको अग्रतालाई अगाडि बढाउन महत्वपूर्ण खेलेका थिए । यस्तै सुदूरपश्चिमको पहिलो खेलदेखि नै अत्यधिक खेलप्रेमीहरु पनि देउडा र स्थानीय भाखा गाउँदै टिमको समर्थनमा उर्लिएका थिए । तर फाइनलको दिन अपेक्षित प्रदर्शन हुन सकेन । सुदूरपश्चिमले ब्याटिङ राम्रो गरे पनि बलिङ राम्रो गर्न नसकेको स्वयं कप्तान ऐरीले स्वीकारेका छन् ।
एनपिएल क्रिकेट प्रतियोगिताको फाइनलमा जनकपुर बोल्टस टिमले सुदूरपश्चिम रोयल्स टिमलाई पाँच विकेटले पराजीत गरी उपाधि जित्न सफल भएको थियो । जनकपुर पनि प्रारम्भिक खेलदेखि नै सुदूरपश्चिमलाई अङ्क तालिकामा पछ्याउँदै थियो । एनपिएलको फाइनलमा जनकपुर र सुदूरपश्चिमबीच तेस्रो भिडन्त भएको थियो । जनकपुर यसअघि लिग र क्यालिफायर एकमा गरी दुईपटक सुदूरपश्चिम टिमसँग पराजीत भैसकेको थियो । पछिल्लो खेलमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको जनकपुरले फाइनलमा उच्च मनोबलका साथ प्रतिस्पर्धा गरेर उपाधि हात पार्न सफलता प्राप्त गरी विगतको पराजयको बदला लिन सफल भएको थियो । यसमा अतिथि खेलाडी लाहिरु मिलान्थाको सर्वाधिक ८७ रनको योगदान महत्वपूर्ण रह्यो । जनकपुर टिम लिग चरणमा पनि चितवन राइनोज टिमसँग पनि पराजित भएको थियो । तर पहिलो खेलमा नै विराटनगर किङ्सलाई आठ विकेटको अन्तरले पराजित गरी सशक्त उपस्थिति देखाएको जनकपुरले प्रतियोगिता अवधिभर कूल आठवटा जित हात पारेको थियो । फाइनलमा पराजित सुदूरपश्चिम टिमले भने फाइनलअघि एक खेलमा मात्र हार व्यहोरेको थियो । जितपछि प्रतिकृया दिँदै फाइनलमा जनकपुरका कप्तानको जिम्मेवारी सम्हालेका आशिफ शेखले जितको श्रेय आफ्नो टिमका सबै सदस्यहरुलाई दिने बताएका थिए ।
सर्वाधिक रकमको प्रतियोगिता
एनपिएल क्रिकेटका सहभागी आठ टिम खरिददेखि खेलाडी छनोट, प्रतियोगिता सञ्चालनसमेतका लागि विभिन्न व्यापारी र व्यापारिक प्रतिष्ठानले करोडौं रुपैंयाँ लगानी गरेका थिए । पुरस्कारका लागि समेत करोडौं रुपैंयाँ खर्च गरिएको छ । एनपिएल नेपालमा हालसम्म भएका खेलकुद प्रतियोगितामध्ये एनपिएल सर्वाधिक राशिको पुरस्कार भएको प्रतियोगिता बन्न सफल भएको छ ।
एनपिएलमा सर्वप्रथम भएको जनकपुर बोल्टस टिमले रु एक करोड १० लाख पुरस्कारसहित ट्रफी जितेको छ । यसैगरी दोस्रो हुने सुदूरपश्चिम रोयल्सले रु ५१ लाख पुरस्कार पाएको थियो । प्रतियोगितामा तेस्रो हुने कर्णाली याक्सले रु २५ लाख तथा चौंथो भएको चितवन राइनोजले रु १५ लाख पुरस्कार पाएको छ । यो प्रतियोगिताले खेलाडीलाई कार चढने अवसर प्रदान गरेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भएका सुदूरपश्चिम टिमका कप्तान दिपेन्द्रसिंह ऐरीले करिब रु ६२ लाख मूल्य पर्ने चाइनिज कार पुरस्कार विजेता बनेका छन् । उनले प्रतियोगितामा अब्बल कप्तानको भूमिका निभाउँदै आफूले पनि कूल २२७ रन तथा नौ विकेट लिएका थिए । प्रतियोगिता अवधिभर कूल १७ विकेट लिन सफल ललित राजवंशीले उत्कृष्ट बलर पुरस्कार बापत मोटरबाइक हात पारेका छन् । यसबाहेक विभिन्न नेपाली तथा अतिथि खेलाडीहरुले नगद पुरस्कार प्राप्त गरेका थिए ।
‘म्याच फिक्सिङ’ टर्यो
विभिन्न मुलुकमा बेलाबखत भएका क्रिकेट प्रतियोगितामा ‘म्याच फिक्सिङ’ भएको सुनिने गरिएको छ । यसपालि एनपिएलमा पनि मिलेमतोमा खेलेर ‘म्याच फिक्सिङ’ होला कि भनेर उच्च सतर्कता अपनाइएको थियो । यसका लागि सुरक्षा अधिकारीहरुलाई नै जिम्मा दिइएको थियो । शुरुमा सट्टेबाजीको आरोपमा केही व्यक्ति पक्राउ परेता पनि खेल क्रमिक रुपमा अघि बढ्दै जाँदा सुरक्षा सतर्कताको कारण त्यस्%
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच