काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले क्रिसमस र नयाँ वर्ष २०२५ का अवसरमा ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ । पुस १७ गतेसम्म १३ दिन चल्ने अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत् आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक शत प्रतिशत क्यासब्याक जित्न सक्ने कम्पनीले जनाएको छ ।
अफरभर हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने एक भाग्यशाली, बस टिकट काट्ने तीन भाग्यशाली र केबलकार टिकट काट्ने १० भाग्यशालीले खरिद गरेको टिकट मूल्यको शतप्रतिशत क्यासब्याक जित्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकमैत्री अफर प्रदान गरेर कम्पनीले आफ्ना सेवाग्राहीका लागि कुनै पनि चाडपर्व र सिजनलाई अझ विशेष बनाउने गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts