सडक स्तरोन्नतिको काम तीब्र

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर-बगरफाँट-सुर्केमेला-बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्रेका लागि स्तरोन्नतिको काम तीब्र गतिमा अगाडी बढेको छ ।

विसं २०६४ मा ट्याक खुलेर कृषि सडकका रुपमा प्रयोग हुँदै आएको यो सडकको सडक फराकिलो बनाउने र ढल निकास निर्माण गर्ने काम सँगसँगै अगाकालोपत्रेका लागि स्तरोन्नडिी बढेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीले बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको र कोटखोला नजिकको सरस्वती आधारभूत विद्यालय अगाडी स्तरोन्नतिको काम भैरहेको जानकारी दिनुभयो ।

ADVERTISEMENT

योजनाअन्तर्गत कोटखोलादेखि दूधेखोलासम्मकोसाढे २ किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने इञ्जिनियर सञ्जय सुवेदीले बताउनुभयो । उहाँका अनुसार, चालु आवमा प्रदेश सरकारबाट यस योजनाको लागि एक करोड ६० लाख मात्रै बजेट प्राप्त भएको छ।

मुख्य बस्तीमा सडक विस्तारको क्रममा देखिएको जग्गा विवाद स्थानीयले सहमतिमै टुङ्गो लगाएसँगै निर्माण व्यवसायीले पहिलो चरणमा सडक फराकिलो बनाउने कामलाई जोड दिएका छन् ।

सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्र्याक खोलिएको छ । यो सडक बेनी नगरपालिका-२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका-४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको सडक स्तरोन्नति समितिका सल्लाहाकार चन्द्रबहादुर घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?